आफैले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने प्रमको प्रतिबद्धता

काठमाडौ, २७ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको आफै अनुगमन गर्ने बताउनु भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आज बिहान बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर आफैं अनुगमन गर्ने बताउनु हुदै उहाँले मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्न निर्देशन समेत दिनु भएको छ ।

एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर बिनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेको प्रधानमन्त्रीको भनाई थियो ।

यस वर्ष पूँजीगत खर्चको सामथ्र्य कम्तिमा ८० प्रतिशत पुर्याउनुपर्ने लक्ष्य रहेको भन्दै उहाँले त्यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरवाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक रहेको बताउनु भयो ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो प्रगति बिवरण र सुझावहरु पेश गरेका थिए ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया