नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउनुस् : देव

काठमान्डौ ,भदौ २७ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउन र दुई देशको हितमा काम गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नु भएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले नेपाल–भारत प्रवुद्ध समूह पुनर्गठन गर्न समेत सरकारसँग माग गर्नू भएको छ । अहिलेको प्रवुद्ध समूहले राम्रो निष्कर्ष निकाल्न नसक्ने उहाँको दाबी छ ।

सांसद देवले कसैले धम्क्याउँदैमा खुट्टा नकमाउन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

सांसद देवले प्रमुख प्रतिपक्षी एमालेले राजनीतिक पूर्वाग्रह राखेर खबरदार यो गर्न पाइँदैन, त्यो गर्न पाइँदैन भनेर प्रधानमन्त्रीलाई धम्क्याउने प्रयास गरिरहको बताउनु भएको छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया