रानीपोखरी निर्माण कार्य यसै साता देखि सुरु हुने

काठमाडौं, भदौ २७ ।
पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि सुरु हुने भएको छ ।

निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि पुरातत्व विभागले भने अनुरुप बनाउने सहमति भएपछि पुनःनिर्माणको काम यसै साताबाट सुरु हुने भएको हो ।

मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै विभागले निर्माणको जिम्मा पाएको कामपालाई गत १६ गतेदेखि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

हाल निर्माण गरिएको भागमा सिमेन्ट, गिट्टी, बालुवा रड लगायतका वस्तु प्रयोग भएकाले विभागले निर्माणमा रोक लगाएको थियो ।

रानीपोखरी निर्माणका लागि ६ करोड २९ लाख रुपैयामा ठेक्का पाएकामा हालसम्म एक करोड ५० लाख रुपैया खर्च भइसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार