आज दिनभर वर्षा हुन सक्ने अनुमान

काठमाडौं, भदौ २७
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज दिनभरी वर्षा हुने अनुमान गरिएको मौसमविदले बताएका छन् ।

मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले ठूलो पानी पर्ने मौसमविदको अनुमान छ ।

अझै केही दिन यसैगरी वर्षा हुने मौसमविद वरुण पौडेलले बताउनुभयो । गएको २४ घण्टामा लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ८५ दशमलव ५ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भैरहवामा ४८ दशमलव ४, ओखलढुंगामा ३५ दशमलव ८, काठमाडौंमा ३१ दशमलव १ र जिरीमा २४ दशमलव ७ मिलिमिटर पानी परेको छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...