लगातारको वर्षासँगै खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौ २७ भदौ ।
लगातारको वर्षासँगै खसेको पहिरोले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफीमा सडक अवरुद्ध भएको छ । आज बिहान ६ बजेदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बलेफी हुँदै सिन्धुपाल्चोकको खाडिचौर, लामोसाँघु र बाह्रबिसे तथा बाह्रबिसेबाट काठमाडौं छुट्ने सवारी साधन सन्चाल हुन सकेका छैनन् ।

यस्तै यो सडकखण्ड हुँदै दोलखा र रामेछाप जाने आउने गाडी पनि रोकिएका छन् । अहिले सडकमा थुप्रिएको लेदो माटो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण जमिन थर्किदा भित्तापट्टीको भाग कमजोर बनेको तथा छेउपट्टी भोटेकोशी नदीले सडक कटान गरेपछि हरेक दिनजसो त्यहाँ बाटो अवरुद्ध हुने गरेको छ ।

हल्का वर्षा हुँदा समेत पहिरो खस्ने त्यस सडकबाट आवतजावत गर्ने यात्रुहरु समस्या परेका छन् । देशका अन्य मुख्य सडकमा भने अहिले सवारी आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...