प्रधानमन्त्री आज सिरहा जाने

काठमाडौ २७ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिरहा जाँदै हुनुहुन्छ । मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहाल पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र जान लाग्नु भएको हो ।

सिरहामा दिउँसो आयोजना हुने सभामा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । तराई मधेशको मुद्धा संविधान संशोधन मार्फत गर्ने प्रतिवद्धता जनाउनु भएका उहाँलाई सिरहमा स्वागत गर्ने तयारी छ ।

आफ्नो मुद्धा सम्बोधनमा उदासिन भएको भन्दै यसअघि मधेशकेन्द्रित दलको अगुवाईमा बिरगन्जमा प्रधानमन्त्री दाहालको चर्को विरोध भएको थियो ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter