परराष्ट्रमन्त्री महतले आज भारतीय समकक्षी स्वराजसँग भेट गर्दै

काठमाडौ २७ भदौ ।
तीन दिने भ्रमणका क्रममा भारतमा रहनु भएका परराष्ट्रमन्त्री प्रकाशरण महतले आजबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुपकमल दाहालको भ्रमणको तयारीका लागि उहाँ हिजो दिल्ली जानु भएको हो ।

मन्त्री महतले आज मध्यान्न साढे १२ बजे भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा प्रधानमन्त्री दाहालको भ्रमण, यसअघि भएका सहमति कार्यन्वयन तथा दुई देशबीचको सम्बन्ध लगायतका विषयमा छलफल गर्नुहुने बताइएको छ ।

आजै उहाँले भारतीय उर्जामन्त्री पियुस गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोयसँग पन्चेश्वर परियोजना कार्यन्वयन, नेपालको उर्जा संकट लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै उहाँले भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोतमन्त्री उमा भारती, सडक तथा यातयातमन्त्री तिनि गडकरी, लगायतका भारतीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि परराष्ट्रमन्त्री महतले हिजो साँझ दिल्ली पुग्नु भए लगत्तै नेपाल भारत समबन्धबारे इन्डिया ह्याबिटाट सेन्टरमा आयोजित कार्यक्रमलाई समबोधन गर्नुभएको थियो । उहाँ भोली स्वदेश फर्किने कार्यक्रम छ ।

सोम, भदौ २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter