एमालेको सात वटै प्रदेशमा कमिटी गठन

काठमाण्डौ, २६ भदौ । नेकपा एमाले स्थायी समितिको बैठकले पार्टीको सात वटै प्रदेशमा कमिटी गठन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न बैठकले सात वटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टीले प्रदेश नं १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १०१ सदस्यीय कमिटी निर्माण गरेको छ । प्रदेश नं २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ सदस्यीय कमिटी गठन गरेको छ ।

त्यस्तै, प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको एक सय ११ सदस्यीय कमिटी निर्माण गरेको छ ।

त्यस्तै प्रदेश नं ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९ सदस्यीय समिती निर्माण गरेको छ । प्रदेश नं ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८० सदस्यीय समिती रहेको छ ।

प्रदेश नं ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको ५२ सदस्यीय समिती र प्रदेश नं ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश सङ्गठन कमिटी गठन गरेको हो ।

यसअघि स्थायी समितिबाट निर्धारण भएका मापदण्डका आधारमा केन्द्रीय सङ्गठन विभागका तर्फबाट गृहकार्य गरी प्रस्तुत गरेका नामलाई बैठकले अनुमोदन गरेको हो । अर्को बैठक यही भदौ ३० गते १२ बजे पुनः बस्ने  छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter