पासाङ ल्हामु राजमार्ग अवरुद्ध

काठमान्डौ भदौ २६।
गएरातिदेखिको परेको वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारी सञ्चालन ठप्प भएको छ ।

राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरो गएका कारण यातायात बन्द भएको जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनु भयो । बाटो खुलाउन भारी वर्षा भइरहेकाले सडकमा डोजर गुडाउन असहज भइरहेको पनि बताइएको छ ।

पहिरो गएका स्थानमा आवश्यक सुरक्षाका लागि आज बिहानै देखि प्रहरी परिचालन गरिएको बताइएको छ । दुई दर्जनभन्दा बढी रसुवागढी नाकाबाट सामान लिई आएका ट्रक कन्टेनर बाटोको विभिन्न भागमा अलपत्र परेका छन् ।

बाटो खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया