एमालेका नेताहरुले आज प्रधानमन्त्रीलाई भेट्दै

काठमान्डौ भदौ २६।
प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित कुनै पनि सम्झौता नगर्न ध्यानआकर्षण गरराउने उद्देश्यले भेटवार्ता गर्न लागेका हुन् ।

भेटमा दाहालको आसन्न भारत भ्रमणमा नेपालका तर्फबाट उठाइने एजेन्डाको विषयमा पनि छलफल गरिने एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिनु भयो ।

एमालेको हिजो बसेको स्थायी कमिटि बैठकले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको क्रममा राष्ट्रहित विपरित कुनै पनि सम्झौता नर्गन सुझाव दिने निर्णय गरेको थियो ।

यस्तै एमालेको स्थायी कमिटि बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउसो १ बजेका लागि बैठक बोलाइएको छ ।

स्थानीय तहको पुनरसंरचना लगायतको विषयमा छलफल गर्न स्थायी कमिटि बैठक बस्न लागेको एमालेले जनाएको छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...