व्यवस्थित शहरी विकासका लागि नयाँ कार्ययोजना ल्याउने तयारी

काठमाडौ २६ भदौ ।
शहरी विकास मन्त्रालयले भूकम्पपछिको पुनरनिर्माण र व्यवस्थित शहरी विकासका लागि नयाँ कार्ययोजना ल्याउने तयारी गरेको छ ।

नव नियुक्त शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले व्यवस्थित शहरी विकास निर्माणका साथै भूकम्पपछिको पुनरनिर्माणलाई तीव्रता दिने गरी कार्ययोजना ल्याउन निर्देशन दिएपछि मन्त्रालयले २३ बुँदे कार्ययोजना तयार पारेको हो ।

मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री केसीले उक्त कार्य योजना सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयका प्रवत्ता शिवहरि शर्माले जानकारी दिनुभयो ।

नगरविकास समितिहरुको प्रभावकारी परिचालन र आवास व्यवस्था लगायत शहरी विकास मन्त्रालयको समग्र सुधारका विषय कार्ययोजनामा समावेश गरिएको छ ।

विनाशकारी भूकम्प गएको ढेड वर्ष पुग्दा समेत पुनरनिर्माणले गति लिन नसकेको र कतिपय ठाउँमा अव्यवस्थित बस्ती निर्माण हुन थालेपछि मन्त्रालयले भवन सहिंताको कडाईका साथ पालना गर्ने गरी व्यवस्थित शहरी विकासको नयाँ कार्ययोजना अघि सारेको छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार