प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री महत आज भारत जाने


काठमाडौ २५ भदौ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज साँझ छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा उहाँ ३ दिने भ्रमणका लागि जान लाग्नु भएको हो ।

भारत बसाईका क्रममा उहाँले भारतीय उच्च अधिकारीहरुसँग भेट गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगामी बिहीबारदखि हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा कतिपय महत्वपूर्ण एजेन्डामा दुवै पक्ष कसरी प्रस्तुत हुने भन्ने विषयमा परराष्ट्रमन्त्री महतले भारतीय अधिकारीसँग छलफल गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको मन्त्री महतको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया