संसद बैठक आज बस्दै, विभिन्न चार वटा विधेयकमाथि छलफल हुने

काठमाडौ २६ भदौ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि संसद भवन नयाँ बानेशवरमा बस्ने बैठकमा विभिन्न चार ओटा विधेयमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सुशासन तथा अनुगमन समितिका सभापति मोहन सिंह राठोरले पूर्वपदाधिकारीको सेवा सुविधा सम्बन्धी प्रतिवेदन प्रस्तत गर्ने कार्यसुची छ ।

यस्तै उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग सम्बन्धी सार्कस्तरीय सम्झौता संसदमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयका सहयक प्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले न्याय सेवा आयोग विधेयक सम्बन्धी विभिन्न ६ वटा प्रस्ताव प्रस्तुत गर्ने तयारी छ । यस्तै श्रममन्त्री सुर्यमान गुरुङले श्रम विधेयक र सामाजिक सुरक्षा विधेयक प्रस्तु गर्ने कार्यसुची छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter