चोभार फर्पिङ सडकमा तीव्र जाम हुनाले बढ्यो हैरानी

काठमाण्डौं भदौ २५ । रत्नपार्कबाट झण्डै १७ किलो मिटरको दुरी मात्र रहे पनि चोभार ओरालो लागेर करीब टौदह पुगे पछि र फर्पिङ नपुग्दा सम्म चर्को सवारी जाम हुने गरे पछि यात्रु तथा चालक मारमा पर्ने गरेका छन् ।

jam-00

बाटो बिस्तार जारी रहेको र त्यस क्रममा खनिएका सडकका कारण बढ्दो हिलोमा चिप्लिएर कतिपय सवारी साधनलाई हिड्न मुस्किल पर्दछ भने मोटरसाईकलमा सवार केही चिप्लिएर लड्ने गरेको गुनासो गर्दछन् ।

jam-000
खराब बाटोका कारण मालबाहक ट्रक र बस पनि पञ्चर हुने जस्ता समस्या बढे पछि बाटोमा अझ समस्या हुने गर्दछ ।
शनिबारको करीब २ घण्टा जाम झेले सिचाई मन्त्री दिपक गिरी र सोही क्षेत्रका सभासद् राजन केसीले ।

jam-1
सो जाम झेल्दै शनिबार आयोजित राष्ट्रव्यापी आमन्त्रित बासुरी प्रतियोगीतामा पुगेका सभासद् राजन केसीले आईतबारको सदनमा आफूले बाटोको समस्याको विषयमा कुरा गर्ने र खाल्डा पुरेर भए पनि १५ दिन भित्र जाम हटाउने बताएका छन् ।

jam-2
चर्को जामले यात्रु , मोटरसाईकल चालक र सवारी चालकहरु दिक्क हुने गरेका छन् ।

jam-5

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया