पर्वतमा भएको जीप दुर्घटनामा तीनको मृत्यु

पर्वत, भदौ २५ ।

पर्वतको धाइरिङ गाविस–३ धारापानीमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते छन् ।

मृत्यु हुनेहरुमा म्याग्दी ज्यामरुकोट–३ की ५० वर्षीया राममाया दमाइ , कास्की रिभान–९ की ३० वर्षिया डिलकुमारी बुढाथोकी र सोही ठाउँकी ६० वर्षिया हरिमाया पुन रहेका छन् ।

शालिजाको ठोट्नेरीबाट धाईरिङ मिलनचोक जाँदै गरेको ग. १ ज ५१०२ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको हो । जीप सडकबाट झन्डै ६६ मिटर तल खसेको थियो ।

दमाईको घटनास्थलमै र बुढाथोकी तथा पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

घाईतेमध्ये ७ जनाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने कास्की रिभान–९ की १४ वर्षिया अमृता पुनलाई थप उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ । छ ।

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...