आफ्ना माग पुरा नभए असोज ३ बाट पुनः अनशन बस्ने

काठमाण्डौ, २५ भदौ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्ना माग पुरा नभए असोज ३ गतेदेखि नवौँ पटक आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ ।

डा केसीले आज विज्ञप्ती जारी गर्दै असोज २ गतेभित्र आफ्ना माग सम्बोधन नभएमा असोज ३ गतेदेखि पुन अनशन बस्ने चेतावनी दिनुभएको हो ।

केसीले चिकित्सा शिक्षा ऐन विषयमा सम्झौता कार्यान्वयन नभएको र भएका पनि उल्टिने अवस्था आएको पनि बताउनु भएको छ ।

विज्ञप्तीमा भनिएको छ , विभिन्न पडयन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौता अविलम्ब इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौँ ।

हाल भइरहेका सबै चलखेल रोकर आफ्ना सुझावसहित चिकित्सा ऐन पारित गर्ने तथा लोकमान सिंह कार्की तथा राजनारायण पाठकमाथि महाअभियोगको प्रक्रिया अघि बढाउनेलगायत सरकार र आफूबीच भएको पछिल्लो सम्झौताका सबै बुँदा कार्यान्वयन गर्नुपर्ने केसिको माग छ ।

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...