संविधान संशोधनका लागि हाम्रो दल तयार छ : थापा

काठमाडौ २५ भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको समस्या समाधान गर्न संविधान संशोधनको लागि आफ्नो दल तयार रहेको बताउनु भएको छ ।

मिडिया नेपाल सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेसको समस्या समाधानका लागि राप्रपा नेपाल सधैँ सकारात्मक रहेको बताउनु भयो ।

संविधान संशोधनको लागि सबै भन्दा पहिले सत्तारुढ दल जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले संविधान संशोधनको विषयमा सत्तारुढ दलले अहिलेसम्म आफूहरुसँग सम्वाद नगरेको उल्लेख गर्नुभयो ।

एक अर्को प्रसंगमा उहाँले आगामी चैत्र महिनामा स्थानीय निकायको निर्वाचन हुनुु पर्नेमा जोड दिँदै निर्वाचन नभए संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया