प्रधानमन्त्री दाहाल र एमाले नेता नेपाल बीच भेटवार्ता

२५ भदौ, काठमाडौँ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटमा माओवादी केन्द्र र नेकपा एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा पनि छलफल भएको बताईएएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा (एमाले) नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा कुराकानि भएको थियो ।

करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र नेकपा (एमाले) नेतृत्वको सरकारले बजेट मार्फत घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिनेबारे पनि कुराकानी भएके थियो ।

उहाहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ ।

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...