गणित र विज्ञानलाई जनताको समृद्धिसँग जोड्नुपर्ने प्रमको भनाई

काठमाडौ २५ भदौ ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्ने बताउनु भएको छ । गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो ।

प्रा.डा. राममान श्रेष्ठको नेतृत्वमा गएको टोलीले गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेका थिए । टोलीले देशभरीका गणितिज्ञहरुलाई अभिनन्दन गर्ने तयारी समेत गरेको छ ।

गणित शिक्षामा ५० वर्ष अनवरत् सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गर्ने संस्थाको योजना रहेको टोलीले जानकारी गराएको

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...