परराष्ट्रमन्त्री महत भोली भारत जाने

काठमाडौ २५ भदौ ।  

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भोली दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा उहाँ ३ दिने भ्रमणका लागि जान लाग्नु भएको हो ।

भारत बसाईका क्रममा उहाँले भारतीय उच्च अधिकारीहरुसँग भेट गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको मन्त्री महतको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter