एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौ २५ भदौ ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आगामी असोज पहिलो साता बस्ने केन्द्रिय कमिटी बैठकको तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको पार्टी सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।

अपरान्न तीन बजेपछि राजधानीको धुमबाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटी बैठकमा पेश गर्नुहुने राजनितिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

मुलुकको पछिल्लो राजनितिक अवस्था, संविधान कार्यन्वयन, मधेश समस्या समाधान, छिमेकी मुलुकसँगको सम्बन्ध लगायतका विषय समेटिएको अध्यक्षको प्रतिवेदन स्थायी समितिले सुझाव सहित पारित गर्नेछ ।

उक्त प्रतिवेदन आगामी असोज ५ देखि हुने केन्द्रिय कमिटी बैठकमा प्रंस्तुत हुनेछ । यस्तै आजबाट सुरु हुने स्थायी कमिटी बैठकबाट संविधान संशोधनबारे आफ्नो आधिकारिक धारणा तय गर्ने एमालेले जनाएको छ ।

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter