उत्तरकोरीयाको आणविक परीक्षणः किन र कहिले सम्म ?

नेता किम जोङ ईलको निधन पछि उनका छोरा युवा उत्तराधीकारी किम जोङ उनले सत्ता लिए पछि धेरै सनसनीपूर्ण निर्णय र चेतावनीहरु खासगरी अमेरीका र दक्षिण कोरीया लक्षित गरेर दिईदै आएका छन् । नेपाल भन्दा सानो र जनसंख्या समेत कम भएको मुलुकले यत्रो शक्ति बिकास र विस्तार कसरी गर्यो यो एक महत्वपूर्ण अध्ययन गर्न लायक छ ।
कारण अमेरीका र दक्षिण कोरीया सहित सयुक्त राष्ट्रसंघ सम्मले लगाएको अन्तराष्ट्रिय प्रतिबन्ध उसलाई एक्ल्याउने प्रयास जारी रहेको अवस्थामा उत्तर कोरीयाले पछिल्लो १० वर्षमा ५ वटा शक्तिशाली न्युक्लियर परीक्षण गरेको छ । जस मध्य यसै सेप्टेम्बर ९ मा उसले गरेको परीक्षणलाई लिएर संसारभर चिन्ता जनाईएको छ । यो क्षेप्यास्त्रले ५.३ रेक्टर स्केलको क्रित्रीम भूकम्प सिर्जना गरेको थियो करीब १ हजार किलो मिटर वरपरसम्म ।
९ सेप्टेम्बर १९४८ मा उत्तर कोरीयाको जन्म भएको दिन पनि हो । यसै दिनको अवसरमा यति शक्तिशाली बमको परीक्षणले दक्षिण कोरीया, अमेरीका र जापान सबै भन्दा बढी त्रसित बनेका छन् ।
उत्तर कोरीयाको स्टेट टिभी केआरटीका अनुसार पुंगे री क्षेत्रमा २० देखि ३० किलो टनको बम परीक्षण गरिएको हो । यो विष्फोट भएको क्षेत्र जापानको राजधानी टोकियोबाट करीब एक हजार किलो मिटर मात्रै टाढा छ ।
लिटल व्वाई भन्दा डेढ गुना शक्तिशाली बम ?
अगष्ट ६, १९४५ मा अमेरीकाले दोस्रो विश्व युद्धको बेला जापानको हिरो सिमामा प्रहार गरेको बम लिटल व्वाई भन्दा अहिले उत्तर कोरीयाले परीक्षण गरेको एटम बम डेढ गुणा शक्तिशाली रहेको विज्ञहरुले बताएका छन् । त्यो बमको क्षमता १३ देखि १९ किलो टन मात्रै थियो । जसले लाखौं मानिसको ज्यान मात्र लिएन अहिले पनि सो क्षेत्रमा मानव वसोवास कठिनपूर्ण नै छ ।
अमेरीकाको क्यालिफोर्नियामा रहेको मिडलवारी ईन्सटीच्युटका अन्तराष्ट्रिय अध्ययनका विज्ञ जेफरी लुईसले भुकम्पको तीव्रता अनुसार मापन गर्दा यो बमको क्षमता २० देखि ३० किलो टनको रहेको छ । यसै हिशाबमा यो हिरोसिमाको भन्दा पनि डेढ गुणा शक्तिशाली छ भन्ने अनुमान गरिएको हो । यसै वर्ष उत्तरकोरीयाले ६ किलो टनको हाईड्रोजन बम समेत परीक्षण गरेको थियो । लुईसले उत्तरकोरीयाले पाच पटक शक्तिशाली एटम बमको परीक्षण गरेर शक्ति देखाईसकेकाले पछि परेको देशको रुपमा हेर्नु हुन्न भन्ने तर्क गरेका छन् ।
२० देखि ३० किलो टनको अर्थ यसबाट निस्कने ईनर्जिको युनिको हिशाब हो । एक किलो टनमा १० लाख किलोग्राम युनिट हुन्छ । ३० किलोग्रामको अर्थ तीन करोड किलो ग्राम हो । यसरी हेर्दा ३ करोड किलो ग्राम टिएनटी ( ट्राई नाईट्रो टालुईन ) विष्फोट भए सरह शक्ति यस बमबाट पैदा हुन्छ ।

अमेरीका—कोरीया–जापान त्रसित
यो बम विष्फोट भए पछि चिन्तित बनेको छ अमेरीका,दक्षिण कोरीया र जापान । विष्फोट लगत्तै दक्षिण कोरीयाको फौजी मेरुदण्ड सहयोगीको रुपमा रहेको अमेरीकाका राष्ट्रपति बराक ओबामाले दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनसग‘ विष्फोट र देशको सुरक्षा मामलामा १५ मिनट लामो कुराकानी गरेका थिए । ओबामाले उत्तरकोरीयामाथि अझै प्रतिवन्ध लगाउनु पर्ने बताएका थिए । यस अघि क्षेप्यास्त्र परीक्षण हुदा पनि ओबामाले जापानी प्रधानमन्त्री सिजो आवे र दक्षिण कोरीयाकी राष्ट्रपतिसग‘ टेलिफोन वार्ता गरेका थिए ।
यस सन्दर्भमा पार्क गुईनले भनेकी छन् “ किम जोन उन ( उत्तर कोरीयाका राष्ट्रपति ) आफ्नो सनकी मानसिकताका कारण यस्तो काम गरीरहेका छन् , दुनियाले एटमीक हतियार प्रति प्रतिवन्धको अपील गरीरहेका बेला त्यसलाई अस्वीकार गरीरहेका छन् ” ।
यसले यस बमबाट दक्षिण कोरीयामा निकै ठूलो चिन्ता बढेको स्पष्ट देखिन्छ । अहिले उत्तरकोरीयामाथि निरन्तर निगरानी राख्नु दक्षिणको ठूलो ड्युटी बनिसकेको छ ।
उता जापानले पनि बम विष्फोट भए लगत्तै आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको थियो । जसमा मन्त्रीपरिषद्का मुख्य सचिव योसिहिदे सुगाले यो बमबाट हावामा फैलिएको रिएक्टर अध्ययनका लागि एक एयरक्रयाफ्ट पठाउने घोषणा गरेका थिए ।
त्यस पछि जापानी विदेशमन्त्री फुमियो किसिदाले शक्तिका साथ यस कदमको विरोध गर्ने जनाएका छन् । सुरक्षापरिषद्मा पनि यो मुद्धा उठाउने उनले बताए ।
सन् २००६ मा पहिलो न्युक्लियर टेष्ट पछि उत्तरकोरीयामाथि प्रतिवन्ध लगाईएको थियो ।

अमेरीकाकै कारण उत्तर कोरीया उत्तेजित बनिरहेको छ
२१ औं शताव्दी शुरु भए सगै अमेरीकामा जर्ज डब्लु बुस राष्ट्रपतिमा सन् २०११ मा चुनिए लगत्तै उत्तरकोरीयासग‘को अन्तराष्ट्रिय परिस्थितिमा बदलाव आयो ।
दक्षिण कोरीयाले उत्तरसग‘को सम्बन्ध बिस्तारमा ल्याएको चम्किलो नीति र सहमतिय प्रस्ताव बुसले अस्वीकार गरे । उत्तर कोरीयालाई शत्रु राज्यको रुपमा ब्याख्या गर्ने बुसको नीति र किम जोङ ईलले विभिन्न मुलुकसग‘ छलफल गरीरहेको छलफलको औचित्य कमजोर बने पछि आन्तरीक तयारी गरेर सन् २००६ मा उत्तर कोरीयाले पहिलो एटम बम परीक्षणको घोषणा गरेको थियो । त्यस कारण उत्तर कोरीयाको उत्तेजनामा अमेरीकाको हात रहेकोमा कतिपय विज्ञहरु तर्क गर्दछन् ।
विश्वमा हाल सम्म धेरैे एटम बमको परीक्षण पनि अमेरीकाले गरेको छ । उसले १५ हजार किलो टन सम्मको एटम बम क्यासल ब्रेभो परीक्षण गरेको छ । तर संसारमा हाल सम्मबै ठूलो एटम बम ५० हजार किलो टनको रुसले मात्र परीक्षण गरीसकेको छ ।

एटम बम किन चाहन्छ उत्तरकोरीया ?
सन् १९८५ मा उत्तर कोरीयाले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको थियो । तर सन् २००३ मा उत्तरकोरीया आफैले यो सम्झौता नमान्ने घोषणा गर्यो ।
उत्तर कोरीयाले हाल सम्म परीक्षण गरेको एटम बमको समय र तौल तस्वीरमा हेर्नुस् ।
उत्तरकोरीयाले गरेको अहिले सम्मको एटम बम परीक्षण
–९ अक्टोबर २००६
– २५ मे , २००९
–१३ जुन २००९
–मे ११ २०१०
–१३ फेब्रुअरी २०१३
–१० डिसेम्बर २०१५
–६ जनवरी २०१६
– ९ सेप्टेम्बर २०१६
यस बाहेक उसले धेरै पटक क्षेप्यास्त्र समेत प्रक्षेपण गरीसकेको छ ।

north-korea-atom-bomb

यस्तो छ उत्तरकोरीयाको अवस्था
ड्ड कुल क्षेत्रफल १ लाख २० हजार ५ सय ४० बर्ग किलो मिटर अर्थात नेपालको भन्दा २७ हजार बर्ग किलो मिटर कम ।
ड्ड २०१३ को विवरण अनुसार २ करोड ४८ लाख जनसंख्या अर्थात नेपालको भन्दा २० लाख जति कम ।
उत्तरकोरीयाको कुल एक्टीभ सैनिकको संख्या ११ लाख भन्दा बढी । रिजर्भ सैनिकको रुपमा झण्डै ५० लाख मानिस तालिम प्राप्त । कुल जनसंख्याको ५ प्रतिशत प्रत्यक्ष सैन्य फर्मेसनमा र जनस.ख्याको आधा हिस्सा जनता तालिम प्राप्त रिजर्भ सेनाको रुपमा रहनु धेरै असाधारण कुरा हो ।

    यो सम्पूर्ण पेनिन्सुलाको गतिविधि र अभ्यासले उत्तरपूर्वी एशियामा एउटा ठूलो युद्ध र विनास जुनसुकै बेला हुन सक्ने खतरा छ । यसका लागि जिम्मेवार अन्तराष्ट्रिय शक्तिहरु किन यसबारे सोचिरहेका छैनन् । उनीहरु बल, धम्की र युद्धद्धारा मात्रै उत्तर कोरीयालाई ठेगान लगाउने सोचिरहेका छन् भने त्यो मूर्खता हुने छ । अमेरीकाले बुस पोलिसी परिवर्तन गरी वार्ता तथा सहयोगको बाटो अंगाल्नु सबै भन्दा बढी हितकारी हुने छ ।

– एजेन्सीको सहयोगमा

शनि, भदौ २५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...