कम्युनिष्ट र पूजीवादीको धारप्रति जनतामा वितृष्णाः राई

२४ भदौ काठमाडौं । सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले पूजीवादी र साम्यवादी अतिवादी विचारधारा प्रति जनतामा वितृष्णा पैदा भएको भन्दै आफ्नो पार्टीको सामाजिक लोकतान्त्रिक धार स्थापित हुने जिकिर गरेका छन् ।
राजधानीको संवाद डबलीमा संवाद डबलीमा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका विभिन्न दलबाट पार्टीमा प्रवेश गरेका ९९ जना लाई स्वागत गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।
काग्रेस पूजीवादी , कम्युनिष्टहरु साम्यवादी भएकाले उनीहरु भविष्यमा असफल हुने र आफ्नो पार्टी सफल हुने राईको तर्क छ ।
विभिन्न पार्टी परित्याग गरेका एक सयजना सामाजिक लोकतान्त्रिक पार्टी, नेपालमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा माओवादी केन्द्र, राष्ट्रिय खम्बुवान, एमाले, राप्रपा, संघीय जनमुक्ति पार्टी तथा स्वतन्त्र युवा, बुद्धिजीविबाट आउनेहरु रहेका छन् ।
पार्टी अध्यक्ष कुमार राईले सामाजिक लोकतान्त्रिक पार्टी समाज विकास र देशलाई समृद्ध बनाउने उद्देश्यले स्थापित भएको पार्टी रहेको बताए ।

शुक्र, भदौ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter