भारत नै हो नेपालमा सरकार बनाउने र गिराउने : उपेन्द्र यादव

२४ भदौ, काठमाडौं ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत नेपाली नेतालाई सरकारमा पुर्याउने र गिराउने माध्यम बनेको आरोप लगाउनु लगाउनु भएको छ ।

उहाले धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्धिपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताउनु भयो ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानुको औचित्य नहुने पनि बताउनु भयो ।

आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा भारतले नै पनि प्रधानमन्त्रीलाई राम्रो नमान्ने भन्दै उहाले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने जोड दिनुभयो ।

उहाले प्रधानमन्त्री भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाउनु भयो । यादवले भन्नुभयो युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ ।’

अध्यक्ष यादवले सरकार निर्माण अभि मोर्चासँग भएको तीनबुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप लगाउनु भयो ।

शुक्र, भदौ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...