मुङिलन सडकमा यात्रु र चालकको दुर्दसा यसरी हुन्छ ( भिडियो र फोटोहरु )

अमर डोटेल

भदौ २४ काठमाण्डौं । झण्डै एक वर्षदेखि निर्माणाधीन रहेको मुङिलन – नारायणगढ सडक खण्डको ३६ किलो मिटरको यात्राबारे यात्रु मात्र हैन सवारी चालक पनि हैरानीमा पर्दछन् ।
पानी नपर्दा धुलै धुलो र पानी पर्दा हिलो र पहिरोको पीरले कतिखेर त्यो बाटो पार हुने हो भन्ने चिन्ता बढ्दछ सबैमा ।
अझ बर्षाको समयमा पहिरोको जोखिमका कारण पनि मानिसहरु समस्यामा पर्ने गरेका छन् ।
काठमाण्डौबाट चितवनको झण्डै एक सय ५० किलो मिटरको यात्रा पार गरेका मोटरसाईकल चालक कृष्ण शर्मा भन्छन् मुङिलनबाट आखामा चस्मा र मास्क लगाएर जादा पनि नारायणगढ पुग्दा धुलोले आखा पोलेर खपी सक्नु भएन जिउ पुरै सेतो भयो ” ।

फाटो तथा भीडियोमा स्पष्ट देख्न सकिन्छ घण्टौ सम्म हुने जाम र चापले गर्दा यात्रु मात्र नभई चालक समेत दिग्दार हुने गर्दछन् ।
ट्रक तथा बस चालकहरु पनि लामो गन्तव्यका कारण हतारोमा हुनाले छिटो अगाडी जान ओभरटेक गर्न खोज्दा पनि जामका समस्याहरु बढी हुने गरेका छन् ।

munglin-3

सडकमा परेका ठूला ठूला खाल्डा खुल्डीले पनि सवारी साधनमा समस्या आउने गरेको गुनासो चालकहरुको छ ।

यात्रुहरु भन्छन् “सरकार कहिले सुरुङ मार्ग र फाष्ट ट्रयाकको कुरा गरेर थाक्दैन, हामीलाई यही मुङिलनकै बाटो सजिलो बनाईदिए पनि कता हो कता राम्रो हुने थियो । ”
दैनिक हजारौ गाडीहरु राजधानी आउने र बाहिर जाने यो मुख्य मार्गमा देखिएको समस्या लामो समय वित्दा पनि अझै समाधान हुन सकेको छैन । यसप्रति सरकारले ध्यान कहिले दिने हो ?

munglin-4

minglin-1

तल हेर्नुस् भिडियोहरु:

 

 

भिडियो २

भिडियो ३

शुक्र, भदौ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...