
काठमाडौं, भदौ २४ ।
नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठन तथा साहित्यकारहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नु भएको थियो ।
राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वा्चित पहिलो प्रधानमन्त्री बन्नु भएको थियो ।
कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उहाँले जेल जीवन विताउन परेको थियो ।
स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यीक फाँटमा त्यत्तिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।
शुक्र, भदौ २४, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले