स्वर सम्राज्ञी अरुणा लामाको ७१ औं जन्मजयन्ती मनाइदै

काठमाडौ २४ भदौ ।  स्वर सम्राज्ञी अरुणा लामाको ७१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

उहाँको जन्म सन् १९४५ सेप्टेम्बर ९ तारीखमा पिता सूर्यबहादुर लामा र आमा सानमाया लामाको कोखबाट भारतको दार्जलिङमा भएको थियो । सुमधुर स्वरकी धनी अरूणा स्वर किन्नरीका रूपमा परिचित हुनुहन्थ्यो ।

ए कान्छा मलाई सुनको तारा खसाईदेउ न बोलको गीतबाट नेपाली संगीत आकाशमा उदाउनु भएका स्वर सम्राज्ञी लामाको पोहोर साल खुसी फाट्दा, सबैले मलाई, उदास मेरो जीवन कथा, एक्लै बस्दा सधैं मलाई लगायतका गीतहरु चर्चित छन् ।

गायनमा लामो सेवा र निपुनतापूर्ण काम गरे बापत स्वर सम्राज्ञी लामा प्रबल गोरखा दक्षिणबाहु पुरस्कारबाट बिभुषित हुनु भएको थियो । साथै उहाँ संगित पुरस्कार १९६६, छिन्नलाता गीत पुरस्कार १९९२, चौथो गोरखा दक्षिण बाहु पुरस्कार १९९६ लगायतका दर्जनौं पुस्कारबाट सम्मानित हुनु भएको थियो ।

शुक्र, भदौ २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...