सिन्धुलीका आधा जनता विद्युत सेवा पाउनबाट वञ्चित

रुद्र खड्का

२३ भदौ ,सिन्धुली।
जिल्लाका आधा जनसंख्या अझै पनि विद्युत सेवा पाउनबाट वञ्चित बनेका छन । हाल सम्म जिल्लाका २ नगरपालिका सहित २७ गाविसमा मात्र विद्युत विस्तार भएको छ ।
जिल्लामा २०४६ साल पुस १४ गते देखि केन्द्रिय विद्युत प्रसारणलाई विस्तार हुन थालेको हो । तर पनि अझै जिल्लाको २३ गाविसमा विद्युतको प्रसारणलाईले प्रबेश सम्म गर्न सकेको छैन ।
जिल्लामा रहेका २ नगरपालिका र ५० गाविस रहेका छन । ती मध्ये जिल्ला सदरमुकाममा रहेको कमलामाई नगरपालिकामा समेत सवै वडाहरुमा विद्युत लाईन विस्तार हुन नसकेको विद्युत प्रधिकरण शाखा सिन्धुलीले जनाएको छ ।
बजेटको अभाव नहुने हो भने अवको दश वर्षमा जिल्लाका सवै गाविसमा केन्द्रिय प्रसारण लाईन विस्तार गर्न सकिने विद्युत प्राधिकरण सिन्धुलीका अधिकृत लालवहादुर लामाले वताए ।
जिल्लाको भौगोलिक विकट्ताका कारण पनि विद्युत विस्तारमा समस्या भएको लामाले वताए । पहाडी जिल्लामा विद्युत विस्तारमा वढी लगानी र कम आम्दानी हुने भएका कारण पनि विस्तारमा ढिला भएको हो,उनले भने । प्राधिकरणले लगानी गर्दा त्यसक्षेत्रबाट कति आम्दानी हुन्छ भने मुल्याकङ गर्ने भएकाले पनि पहाडी क्षेत्रमा ढिलो विद्युत विस्तार भएको हुन सक्ने लामाको आकलन छ ।
जिल्लामा हाल ५ मेगावाट विद्युतको माग रहेको छ भने त्यसवाट कार्षिक रुपमा प्राधिकरणको आम्दानी ८ करोड वढी हुने गरेको छ । सिन्धुलीमा प्राधिकरणका हाल २३ हजार ग्राहक रहेका छन ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...