
सिन्धुली ,२३ भदौ ।
सिन्धुलीको कपिलाकोट गाविसकी सोनी तमाङ विहान ७ बजे खाना खाएर बसपार्कमा रहेको महादेव ठाकुर हेयरकटिङ सैलुङ छिर्छिन ।
जुन पुरुषहरुको कपाल काट्न सैलुन हो । उनलाई त्यहाँ कपाल काट्ने काम भ्याई नभ्याई हुन्छ ।
उनी दिन भरमा चालिस–पचास जनाको कपाल काट्छिन् । केटा मान्छेको कपाल काट्ने काममा केटी मान्छे देख्दा मान्छेहरु खिसीटियुरि गर्ने पनि कम हुदैन तर उनलाई काम गर्ने पैशा लिनेमा नै फुर्सद हुदैन । पढाईमा कमि अनि परिवारको आर्थिक अवस्था कम्जोर भएर जीवीकोपार्जनको लागि यो पेशामा लागेको कपिलाकोटकी सोनी तामाङ वताउछिन् ।
उनी मात्र होईन महादेवस्थानकी दिलकुमारी माझी, रानिचुरीकी रञ्जना मगर यो पेशामा संलग्न भएर दैनिक ७ सय देखि १२ सय सम्म कमाई गरिरहेका छन् ।
सामान्यतया केटा मान्छेको कपाल काट्ने काम तराईका ठकुरीहरुको हो भन्ने माान्यता भएको यो समाजमा यी किशोरीहरुले सिप सिकेर जस्ले गर्दा पनि हुन्छ भन्ने उदाहरण वनेका छन् ।
केहि पुरुषले नकरात्मक दृष्टीले हेर्ने हुदा काममा केहि समस्या भए पनि आफूहरु त्यसलाई प्रतिकार गर्न सक्षम रहेको उनीहरु बताउछन् ।
काम खोज्दै दैनिक लाखौं नेपाली नारीहरु विदेशमा वेचिरहेका छिन् तर नेपालमा नै केहि गरौं नभनेर आफूहरु यो पेशामा लागेको रञ्जना मगर वताउनु हुन्छ । छोरी मान्छेले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने देखाउनका लागि यो काम गरि गरेको रञ्जनाले वताउनु भयो ।
बिहि, भदौ २३, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खोज खबर समाचार
चर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले