धरानमा सञ्जीवीनी स्वास्थ्य मासिकको बिमोचन

धरान ,२३ भदौ ।

सञ्जीवीनी मिडिया प्रा लि. द्धारा प्रकाशित सञ्जीवीनी स्वास्थ्य मासिक पत्रिकाको बिमोचन गरिएको छ । आज बिहबार धरानको होटल सेछमा एक कार्यक्रमको आयोजना गरि सो सञ्जीवीनी स्वास्थ्य मासिक पत्रिकाको बिमोचन गरिएको हो ।
बिमोचन कार्यक्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति बलभद्र प्रसाद दासले नेपालमा दिनप्रतिदिन मिडिया हाउसहरु खुलेपनि जनताको हितमा कमै काम गरेको देखिएको बताउनुभयो ।
मिडिया पहुचबालाहरुको हातमा रहेको हुदा मिडियाले जनतामुखी काम गर्न नसकेको बताए उहाले नेपालका बिभिन्न मिडिया हाउसहरुले जनताको हीतमा काम गर्नुपर्नै बताएपनि पहुचहुनेहरुको निर्दैशनमा चलेकाले मिडिया स्वतन्त्र रुपमा जनताको पक्षमा आवाज उठाउन नसकेको समेत बताए ।
एक अर्काै प्रसंगमा दासले संञ्जीवीनी पत्रिकालाई मासिक पत्रिकामा मात्र सिमित नगरि पुर्वाअञ्चल बासी जनताको सामाचार संकलन गरि अनलाईनमा समेत बदल्न आग्रह गर्नुभयो ।
उहाले कमाउ भन्दा जनचेतना जगाउन मिडियाले भसमिका खेलनुपर्नै समेत बताउनुभयो ।
संजीवीनी मिडिया प्रा लि.का अध्यक्ष मोतिराज सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका सल्लाहकार एबम उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष राजेन्द्र शाह,पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे,बरिष्ट पत्रकार भवानी बराल,लगायतको उपस्थिती रहेको थियो ।
पत्रिकाको प्रधान सम्पादकमा बेद कुमार लिम्बु,कार्यकारी सम्पादकमा चन्द्र बहादुर बस्नेत,सह सम्पादक रणध्वज लोहार तथा प्रबन्धकमा दामोदर गुरागाई रहनुभएको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...