नेश्नल कलेज धरानद्धारा बी एड आई टी चार बर्षै कक्षा सञ्चालन गर्नै


धरान ,२३ भदौ ।

देशमा आई टी शिक्षाका लागी प्रयाप्त शिक्षक नभएको भन्दै नेश्नल कलेज धरानले पहिलो पटक आई टी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आज बिहिबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरि यसै शैक्षिक शत्रबाट सो कक्षा सञ्चालन गर्न लागेको कलेजका निर्दैशक देव सुब्बाले जानकारी दिनुभएको छ । सुब्बाका अनुसार नेपालमै आई टी शिक्षालाई प्रभावकार बनाउन दक्ष आई टी शिक्षक उत्पादन गर्नै उदेश्यले यस्ता शैक्षिक कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

उहाले यस प्रकारको शिक्षाबाट बिद्यालय स्तरको एक दक्ष आई टी शिक्षक उत्पादनको परिकल्पना गर्न सकिने बताउनु भयो ।

सम्मेलनमा क्यामपस प्रमुख सागर भटटराईले कलेजमा सुरुमा यो बिषय अध्ययन गर्नै बिद्यार्थीले स्थायी कम्प्युटर शिक्षाका रुपमा न्युनतम प्रतिष्पर्धा वा बिन्ँ प्रतिष्पर्धा नियुक्ति पाउने सम्भावना रहेको जनाएको छ ।

धरानमा पहिलो पटक नेशनल कलेजले सञ्चालन गर्न लागेको चार बर्ष शैक्षिक कार्यक्रमा कक्षा १२ उतिर्ण गरेका बिभिन्न बिद्यार्थीहरुले पठन पाउन सक्ने भटटराईले जानकारी दिनुभयो ।

१ लाख २५ हजारमा नै सम्पुर्ण पढाई सकिने सो कलेजमा दलित,आदिवासी जनजाती,सिमान्तकृत वर्ग,भुकम्प पिडित,द्धन्द पिडित समुदायका बिद्यार्थीहरुको लागी बिशेष छात्रबृतिको समेत ब्यवस्था गरिएको कलेजका सञ्चालक सालिक सतासक राईले जानकारी दिनुभयो ।

धरानलाई आई टी हबको रुपमा बिकास गर्नका निम्ती पनि समेत यस्ता कार्यक्रम कलेजमा शैक्षिक पाठ्यक्रमको रुपमा ल्याईएको क्याम्पस प्रमुख सागर भटटराईले जानकारी दिनु भएको छ

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया