दलित समुदायले सञ्चालन गर्दै आएको आरान पेसा संकटमा

भरतराज शर्मा (गोपाल)

धरान ,२३ भदौ ।
परम्परा देखी पुख्यौली रुपमा दलित समुदायले सञ्चालन गर्दै आएको आरान पेसा पछिल्लो समय संकटमा पर्दै गएको छ ।

दलित समुदायले सञ्चालन गर्दै आएको आरान पेसा युबाहरु बैदेसिक रोजगार अन्य ब्याबसायमा मोह बढे सँगै संकटमा पर्दै गएको तेह्रथुम हमरजुङका गजेन्द्र्र बिश्वकर्माले बताउनु भयो ।
पुख्यौली रुपमा गर्दै आएको आरान पेसालाई प्रबिधीको बिकास सँगै ब्याबशायिक रुपमा ब्याबशाय सञ्चालन गर्न नसक्नुका कारणले पनी पछिल्लो समयमा यो पेसा संकटमा पर्दै गएको आङदिमका ईन्द्र बिश्वकर्माले बताउनु भयो ।

पुख्यौली रुपमा सञ्चालन गर्दै आएको आरान पेसालाई ब्याबशायिक रुपमा सञ्चालनका लागी तालिमहरु सञ्चालन नहुनुको साथै आरान पेसामा रहेका दलितहरुको पनि यस पेसा प्रति चासो कमी हुनुका कारण आरान पेसा संकटमा पर्दै गएको हो ।

कृषी औजारमा सामाग्री निमार्ण गर्दै आएका यस समुदायका युबाहरुले पछिल्लो समयमा आरान पेसालाई ध्यान नदिने र शैक्षिक योग्यता भएका युबाहरु नेपालमै रोजगार तथा संलग्न भए सँगै बैदेसिक रोजगारमा जाने क्रम बढ्दै गए पछि यो पेसा संकटमा पर्दै गएको हो ।

एक दसक अगाडी दलित समुदायका बस्तीहरुमा प्राय सबैको घरघरमा आरान सञ्चालनमा भए पनि पछिल्लो समयमा यो पेसा प्रति युबाहरुको मोह घटे सँगै सिमित घरहरुमा मात्र आरान सञ्चालनमा रहेको छ ।

यस पेसालाई ब्याबश्थीत तथा ब्याबशायिक रुपमा सञ्चालन गर्न सके आम्दामीको राम्रो श्रोतको रुपमा लिन सकिने आरान ब्याबशायीहरुले बताउने गरेका छन

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...