देशैभरि भाइरल ज्वरो र जण्डिसका विरामी बढे

धरान ,२३ भदौ ।

बदलिँदो मौसमका कारण देशैभरि भाइरल ज्वरो र जण्डिसका विरामीको संख्या बढ्दै गएको छ ।

सुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर टाइफाइड हुने गरेको छ ।
त्यस्तै वाकवाकी लाग्ने, खान मन नलाग्ने, थकाई लाग्ने, कोखा दुख्ने, कसै(कसैमा आँखा रातो हुने जण्डिसका लक्षण हुन् ।

मौसममा भएको बदलीका कारण पनि अहिले मानिसमा जण्डिसको संक्रमण देखिन थालेको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बाल रोग बिशेषज्ञ डा. अरुण कुमार सिंहले जानकारी दिनुभयो

अहिले विभिन्न अस्पतालमा दैनिक १५देखी २० जनाको हाराहारीमा जण्डिस लगायत हेपाटाइटिसका विरामी उपचारका लागि आउने गरेको डा. सिंहले बताउनुभयो ।
असार (साउन र भदौ(असोज महिनामा रोगका जिवाणु बढी सक्रिय हुने गर्छन्न जसले गर्दा मानिसमा प्रदुषित पानी तथा जथाभावी खानपिनका कारण रोगको संक्रमण हुने गरेको डा. सिंहले भन्नुभयो ।

‘हरेक वर्ष यो मौसममा जण्डिसका विरामी धेरै हुने भएकाले यो संख्या अहिलेका लागि सामान्य हो’, डा.सिंहले भने, ‘तर यसबारे बेलैमा होस नपुर्‍याए संक्रमण हुने खतरा बढी रहन्छ र ज्यानै समेत जान सक्छ ।’

यसबाट बच्न प्रदुषित पानी तथा जथाभावी खानपानमा विशेष ध्यान दिनुपर्ने डा. ंिसंहको भनाई छ । मौसममा भएको बदलावका कारण यस्ता विरामीको संख्या बढ्दै गएको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter