सरकारद्धारा अवस्थीको नेतृत्वमा भाषा आयोग गठन

२३ भदौ, काठमाडौं ।

मन्त्रीपरिषद बैठकले डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले सचिव अवस्थीलाई आयोगको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

संविधानको धारा २८७ मा संविधान जारी भएको एक वर्ष्भित्र भाषा आयोग गठन गर्ने उल्लेख भएअनुसार सरकारले आज भाषा आयोग गठन गरिएको हो ।

आयोगका अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्ष हुनेछ । आयोगका शाखा कार्यालयहरु प्रदेशमा पनि हुनेछन् ।

भाषा आयोगले सरकारी कामकाजको भाषाको मान्यता पाउन पूरा गर्नुपर्ने आधारहरुको निर्धारण गरी सरकार समक्ष पाँच वर्ष्भित्र भाषाको सिफारिस गर्नेछ ।
साथै मातृभाषाहरुको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सरकारलाई सुझाव गर्ने काम पनि आयोग हुने व्यवस्था छ।

यसैगरी सरकारले आउँदो असोज १ र २ गते भेनेजुयलामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुन नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिएको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter