वजेटमा नभएको रकम कहाबाट खर्च गर्ने : एमाले

काठमाण्डौ ,२३ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिनुभएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ ।

सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा संसदमा आज प्रधानमन्त्रीले दिएको एकघन्टा लामो लिखित मन्तव्य पछि एमालेले सो प्रतिक्रिया दिएको हो ।

बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा नभएको भन्दै उहाले प्रधानमन्त्रीले भाषणमा भनेजस्तो खर्च गर्न वजेट कहाँबाट ल्याउनु हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्दै औचित्यहिन हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter