मातातीर्थमा प्रहरी र शंकास्पद व्यक्तिविच गोलीहाना हान

काठमान्डौ भदौ २३।
काठमान्डौको मातातीर्थ स्थित चिहान डाँडामा आज विहान प्रहरी र शंकास्पद व्यक्तिहरुबीच गोली हानाहान भएको छ ।

मातातिर्थको चिहान डाँडा हुँदै मकवानपुर जाने कच्चि सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका लागि पछ्याउँदा टाटासुमोबाट प्रहरी माथि गोली प्रहार भएको थियो ।

प्रहरीमाथि गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी फायर भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिनु भयो ।

प्रहरीले जवाफि फायरिङ गर्न थाले पछि टाटासुमोमा सवार दुइ व्यक्ति फरार रहेका छन् उनीहरुको खोजी कार्य भइरहेकोे प्रहरीले जनाएको छ ।

ना १ ज ३९४८ नम्बरको उक्त गाडीमा प्रहरीले एउटा पैसा राख्ने सेफ पनि फेला पारेको छ । प्रहरीले उक्त सेफ कतैबाट चोरी गरी ल्याइएको हुनसक्ने आशंका गरेको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया