
एजेन्सी,भदौ२३।
पाकिस्तानसँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड पराजित भएको छ । गएराति वल्ड ट्रफोर्डमा भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।
इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य पाकिस्तानले १४ दशमलव २ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो ।
पाकिस्तानका लागि शारजित खानले ३६ बलमा सात चौका र तीन छक्काको मद्दतमा ५९, खालिद लातिफले ४२ बलमा ८ चौका र दुई छक्काको मद्दतमा नटआउट ५९ तथा बाबर अजामले नटआउट १५ रन बनाए ।
इंग्ल्याण्डका अदिल रशिदले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । इंग्ल्याण्डका एलेक्स हेल्सले ३७ तथा ज्यासन रोयले २१ रन बनाए ।
पाकिस्तानका वाहब रियाजले तीन तथा हसन अली र इमाद वासिमले दुई दुई विकेट लिए । यसअघि भएको पाँच एक दिवसीयको श्रृँखला भने इंग्ल्याण्डले ४–१ ले जितेको थियो ।
बिहि, भदौ २३, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खेलकुद समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको