कास्कीमा पहिरोले घर पुर्दा ४ बालबालिकाको मृत्यु

काठमान्डौ भदौ २३।
कास्कीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार बालबालिकाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पहिरोमा परी मृत्यु हुनेमा चन्द्रकली सुनारका १४ वर्षका छोरा निसान, ९ वर्षकी छोरी रजिना, ७ वर्षकी छोरी अन्जिला र नाति सलमान तामाङ रहेका छन् । सलमान चन्द्रकलीकी छोरीतर्फका नाति हुन् ।

कास्कीको लेखनाथ नगरपालिकामा गएराति पौने १२ बजे खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोले पुरिँदा घाइते भएका २५ वर्षकी कविता र १० वर्षकी सबिनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कास्कीकै कालिका गाविस–६ को पुनपधेलीमा पहिरो जाँदा ४८ वर्षका भिमा तिमल्सिना र ५३ वर्षका मोदराज तिमल्सिना पनि गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया