आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाण्डौ ,२३ भदौ ।
आज ३७ औ शिक्षा दिवश ,मुलुकभर बिभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाईदैछ । दिवशका अवसरमा यस बर्षको नारा समृद्ध राष्ट्रका लागि जीवन उपयोगि शिक्षामा लगानी भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा मुलुकभरमा शैक्षिक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । काठमान्डौ उपत्यकामा शिक्षा मन्त्रालयलले उत्कृष्ट विद्यार्थी तथा विद्यालयहरुलाई पदक तथा नगद सहित सम्मान गर्दै छ ।

शितल निवास स्थित राष्ट्रपति भवनमा उत्कृष्ट विद्यार्थीलाइृ राष्टपति विद्यादेवि भण्डारीले नगद तथा पदकसहित सम्मान गर्ने कायक्रम सुरु भएको छ । यस्तै

तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको सम्झनामा वि.सं. २०३१ सालदेखि फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापना भएपछि अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको दिन पारेर मनाउन थालिएको हो ।

निरक्षरलाई साक्षर बनाउन सरकारले औपचारिक र अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत विभिन्न अभियान चलाइरहेको छ । तर सन् २०१५ अर्थात पोहोरसम्म नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य भएपनि अझै पूरा हुन सकेको छैन । अहिलेसम्म २९ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्।

यो वर्षको अन्त्यसम्ममा ५३ जिल्ला पूर्ण साक्षर घोषणा भइसक्ने अनौपचारिक शिक्षा केन्द्रले दावी गरेको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया