संसदमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमान्डौ भदौ २३।
व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा विहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देश र जनताको नाममा संबोधन गर्ने कार्यसूचि रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनु भएको छ ।

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भए पछि दाहालले पहिलो पटक संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री दाहालले सम्वोधनमा पछिल्लो राजनीतिक घटनाक्रम, भुकम्प पछिको पुर्ननिर्माण तथा पिडितलाई राहत वितरण्मा भएको पछिल्लो प्रगति, आफूले एक महिनामा गरेको काम, अबको कार्ययोजना, भारत र चीनसँगको सम्बन्ध तथा भारत भ्रमणको विषयमा जानकारी गराउने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा आज विभिन्न विधेयकहरु समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।बैठकले भन्सार कार्यविधीहरुरुको सरलीकरण तथा सामन्यीकरण, अन्तराष्टिय महासन्धिलाई अनुमोदन गर्ने कार्यक्रम रहेका सह प्रवक्ता कुइकेलले जानकारी दिनुभयो ।

सवारी तथा यातायात व्यवस्था दोस्रो सम्सोधन विधेयक, भूमिगत जलस्रोत बिधेयक, बैंकिक कसुर सम्बन्धि विधेयक, बिधायन समितिको प्रतिवेदनमाथि छलफल तथा न्याय सेवा आयोग विधेयक, न्याय प्रसासन विधेयक, न्याय परिषद् विधेयक पनि प्रस्तुत हुने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया