पृथ्वीनारायण शाहको शालिक चन्द्रागिरिको डाँडामा राख्न ओलीको माग

काठमाडौं, भदौ २२ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक तथा ऐतिहासिक महत्व झल्कने पूर्वाधारको विकास गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेकपा एमाले पर्यटन विशेष इलाका कमिटीले आज काठमाडौंको चन्द्रागिरिमा आयोजना गरेको चन्द्रागिरि हिल्स पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाले सरकारलाई धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न आग्रह गर्र्नु भएको हो ।

उहाले चन्द्रागिरि ऐतिहासिक भूमि भएकाले यहाँ नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताउनु भयो ।

ओलीले चन्द्रागिरि हिल्स प्रालिका प्रमुख चन्द्रप्रसाद ढकाललाई पर्यटन विकासमा योगदान र्पुयाएको कदरस्वरुप सम्मान गर्नुभएको थियो ।

बुध, भदौ २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...