चीनीया राष्ट्रपति नेपाल नआउने पक्का


काठमाण्डौं भदौ २२ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादी केन्द्रको निर्णयलाई कतिपय विज्ञहरुले चीनसग‘ नेपाल नजिक जाने भयले भारतले सरकार ढालेको र यसले संभवत चीनीया राष्ट्रपति सि जिन पिङको भ्रमण रोकिन सक्ने आंकलन गरेका थिए ।
असोज २२, २३ र २४ गते मध्य एक दिन राष्ट्रपति काठमाण्डौं ओर्लन आतुर भए पनि फितलो तयारीकै कारण राष्ट्रपतिको भ्रमण रोकिन गएको बताईएको छ ।
यसको फल स्वरुप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काग्रेसको समर्थनमा प्रधानमन्त्री भए लगत्तै दुत विमलेन्द्र निधि मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गर्ने जस्ता कृयाकलापले सरकारको गंभीर कुटनीतिक कमजोरी देखिदै गएको सन्दर्भमा अब चीनीया राष्ट्रपतिको समेत भ्रमण रोकिएको खबर सार्वजनिक भएको छ ।

बुधबार अन्नपूर्णपोष्टमा छापिएको समाचार अनुसार चीनीया राजदुत उ चुन ताईले राष्ट्रपतिको भ्रमण स्थगित भएको जानकारी गराएको उल्लेख छ ।

नेपाल सरकारले पर्याप्त तयारी नगरेको, वान वेल्ट वान रोडमा नेपाल सरकारले प्रतिवद्धता स्पष्ट नगरेको र अघिल्लो सरकारसग‘ भएका सम्झौताहरु कार्यन्वयनको प्रकृया अघि बढाउने स्पष्ट कार्ययोजना नदेखिए पछि चीनीया पक्षले भ्रमण रोकेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले चीनमा पठाएका बिशेष दुत अर्थमन्त्री कृष्ण बहादुर महरा पनि वर्तमान गठबन्धन निमार्णका लागि पटक पटक भारत भ्रमण गरेर सुत्रधारको रुपमा काम गरेको देखिएकाले उनलाई नै चीन पठाउनु पनि उपयुक्त निर्णय थिएन साथै एकै पटक भारत र चीनमा दुत पठाउनु एकातिर बिशेष पत्र पठाउने र अर्कोतिर फुलको बुकी पठाउनु कुटनीतिक त्रुटी र महत्वको कमजोरी नभएर अरु के हुन सक्छ ती विज्ञले मिर्मिरेसग‘ भने ।

si jin ping

प्रचण्डले चलाखीपूर्ण रुपमा दुवै देशलाई समान व्यवहार गरे जस्तो देखाए पनि भित्र भित्रै भारतीय पक्षमा वकालत थालेको र फाष्ट ट्रयाक माथिल्लो कर्णाली, पञ्चेस्वर, सप्तकोशी उच्च बाध जस्ता महत्वपूर्ण परियोजनामा नेपाललाई प्रतिकुल असर पर्ने खालका भारतीय प्रस्तावमा समर्थन जनाउन सक्ने संकेत दिएको भन्दै सोही पार्टीका नेताहरुले समेत खबरदारी गर्ने गरेको सोही पार्टीका नेताहरुले बताउदै आएका छन् ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डले ९ महिनामा के कस्ता निर्णयहरु गर्ने हुन् त्यसले उनको सफलता र असफलताको मापन गर्ने छ ।
तर यस्तो अपरिपक्व निर्णयले भारतीय उच्च नेताहरुको नेपाल भ्रमण समेत संकटमा पर्न सक्ने भन्दै सरकार गंभीर हुनु पर्नेमा कुटनैतिज्ञहरुले जोड दिएका छन् ।
एमालेका एक नेताले अपवित्र र अस्वभाविक तरीकाबाट सरकार ढालेर प्रचण्डलाई बनाईएको र यो विदेशी डिजाईनमा भएका कारण प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रवादी खालको निर्णयको अपेक्षा गर्नु पिडालु रोपेर आलु खोज्नु जस्तै हुने टिप्पणी गरेका छन् ।
यद्यपि यी समाचारहरु प्रकाशित भए पछि परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गरेर भ्रमण स्थगित भएको भन्ने जानकारी नआएको भन्दै यस्तो समाचारमा सत्यता नभएको जनाएको छ ।

बुध, भदौ २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया