प्रत्येक गाउँमा एक गाउपालीका : पौडेल

२२ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनतालाई सरकारी सेवा सरलरुपमा उपलब्ध गराउन गाउँगाउँमा गाउँपालिका बनाइनुपर्ने बताउनु भएको छ ।

‘लमजुङदेखि सदनसम्मः लेखनाथ अधिकारी’ नामक कृतिको आज काठमाडौमा लोकार्पण गर्दै पौडेलले जनसंख्यालाई आधार मानेर स्थानीय तह पुनर्संरचना आयोगले गरेको प्रस्ताव अव्यवहारिक रहेकोले प्रत्येक गाउमा गाउँपालिका बनाइनुपर्ने बताउनु भयो ।

आयोगले बनाएको जनसंख्याको मापदण्ड गाउँपालिकाको मर्मविपरित भएको मर्मविपरित रहेको उहाको भनाई छ ।

उहाले नेपालका गाउँहरु नै ठूलो आकारका रहेको भन्दै धेरैवटा डाँडाकाँडा मिलाएर गाउँपालिका बनाउने आयोगको प्रस्ताव स्वीकार गर्न नसकिने प्रष्ट पार्नुभयो ।

गाउँको विकास गर्ने विषयलाई कुनै राजनीतिक दलका शीर्ष नेताले पनि गम्भीरतापूर्वक नलिएको भन्दै पौडेलले त्यसकै परिणाम आयोगले गाउँपालिकाको संख्या ५ सय ६५ बनाउन प्रस्ताव गर्ने हिम्मत गरेको आरोप पनि लगाउनु भयो ।

बुध, भदौ २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया