आज निजामति दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ २२ भदौ ।
१३ औं निजामति दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसको यस वर्षको नारा सेवामैत्री प्रशासन, संघियतामा सुशासन भनने तय गरिएको छ ।

२०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिनको सम्झनामा हरेक वर्ष निजामती दिवस मनाउने गरिन्छ ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । नेपालमा हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

दिवसका अवसरमा सामन्य प्रशासन मन्त्रालयले आज प्रभातफेरि सहित विषेश कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयको आयोजनामा आज बिहान निजामति कर्मचारी सहितको प्रभातफेरि निकालिएको छ ।

यस्तै आज दिउँसो राजधानीको कमलादीस्थित प्राज्ञ भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा विषेश कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका सहयक प्रवत्ता गोमा चेमजोङले जानकारी दिनुभयो ।

यसैबीच यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ ।

मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिने निर्णय गरेको चेम्जोङले जानकारी दिनुभयो ।

यसैगरी उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना तथा निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिने तयारी भएको छ ।

बुध, भदौ २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...