जिल्लास्तरीय ब्याडमिन्टनको उपाधी विश्वकर्मा र लिम्बूको जोडीलाई

धनकुटा, भदौ २१ ।

जिल्लास्तरीय ब्याडमिन्टन खेलकुद प्रतियोगिताको उपाधि नारायण विश्वकर्मा र केशर लिम्बूको जोडीले हात पारेको छ ।

धनकुटामा सम्पन्न फाइनलमा योगेश्वर श्रेष्ठ र शिखर श्रेष्ठको जोडीलाई २१–१७ र २१–१५ को सोझो सेटमा हराउँदै उनीहरुले उपाधि कब्जा गरेका हुन् ।

विजेता जोडीले कपसहित २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा जिल्लाका ४५ जोडीको सहभागिता रहेको थियो ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...