पूर्वमन्त्री गुप्तालाई साथ दिएको आरोपमा इन्स्पेक्टर पक्राउ


२१ भदौ, ललितपुर ।

महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल्न पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा इन्स्पेक्टर अनिल पण्डित पक्राउ परेका छन् ।

ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको टोलीले आज पक्राउ गरेको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।
म्यानपावर व्यावसायी तारा रेग्मीलाई धम्क्याएर पैसा मागेको आरोपमा प्रहरीले गएराति पूर्वमन्त्री गुप्तालाई पक्राउ गरेको थियो ।

करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितले रेग्मीसँग ७५ हजार लिइसकेको अनुसन्धानबाट खुलेको एसएसपी अधिकारीले बताउनु भयो ।

पूर्वमन्त्री गुप्ता व्यापारी पवन सांघाईको अपहरणमा दोसि प्रमाणित भई डिल्लीबजार कारागारमा रहेकाबेला ईनिस्पेक्टर पण्डितसँग चिनजान भएको प्रहरीले जनाएको छ ।

ललितपुरकी रेग्मीकै घरमा पार्टी कार्यलय खोलेर बसेका गप्ता जेलमुत्त भएपछि ईन्ीस्पेक्टर पण्डितसँग निरन्तर सम्पकर्मा रहेका थिए ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया