माओवादी केन्द्रका नेता पाण्डे संसदीय बोर्डको सभापति

काठमाण्डौ ,२१ भदौ ।

नेकपा माओवादी केन्द्रले नेता हितराज पाण्डेलाई संसदीय बोडको संयोजक बनाएको छ ।

वालुवाटार स्थित प्रधानमन्त्री निवासमा आज बसेको बोर्ड बैठकले संसदीय दलका उपनेता पाण्डेलाई सभापति बनाउने निर्णय गरेको हो ।

संसद तथा संसदीय समितिहरुमा पनि पाण्डेकै नेतृत्वमा पार्टीको भुमिका निर्वाह गर्ने निर्णय भएको नेता गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले संसदीय बोर्डमा पार्टी हेडक्वाटरमा रहेका टोप बहादर रायमाझी , हरिबोल गजुरेल ,अग्नी सापकोटा ,शक्ति बस्नेत र गिरिराजमणि पाख्रेललाई पाण्डेसँग समन्वय गरेर संसदीय गतिबिधीमा संलग्न हुन निर्देशन दिएको छ ।

सरकारका कामकारबाही बारेमा भने अर्को साता बैठक बसेर समिक्षा गरिने माओवादी केन्द्रले जनाएको छ ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter