ट्रक खोलामा खस्दा दुई जनाको मृत्यु


काठमाडौ २१ भदौ ।
चितवनको चुङखोलामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिनका लागि छुटेको ना ३ ख ९९०६ नम्बरको ट्रक दाह्रेचोक–७ चुङखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते दुई जनाको चितवनको पुरानो मेडिकल कलेज उपचार भइरहेको छ । ट्रक आज बिहान करिब पौने ४ बजे सडकबाट खोलामा खसेको थियो ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया