विश्वका बौद्ध धर्मावलम्बी नेपाल आउने वातावरण सिर्जना गर्नसके पर्यटन क्षेत्रमा विकास हुन्छ : प्रधामन्त्री

काठमाडौ २१ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको जन्मस्थल नेपालमा विश्वका एक अर्ब बौद्ध धर्मावलम्बी आउने वातावरण सिर्जना गर्न नेपालको आर्थिक र पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने बताउनु भएको छ ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्ष माष्टर छन् ह्वासहितको टोलीसँग भएको भेटका क्रममा उहाँले सो कुरा वताउनुभएको हो ।

सो क्रममा प्रधानमन्त्रीले दाहालले बुद्धको शिक्षा सार्वभौम रहेको तथा यो सर्वकालका लागि मान्य हुने भन्दै विश्व शान्ति चाहने सबैका लागि उपयोगी रहने बताउनु भयो ।

उहाँले अशोकाको भुमिका युद्धवाट फर्केर शान्तिका लागि भएजस्तै आफू पनि युद्धवाट शान्ति प्रक्रियामा आएको र बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पुर्याउन चाहेको वताउनु भयो ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया