आज ऋषि पञ्चमी महिलाहरुले सप्तर्षीको पुजा गरी मनाउदै

काठमान्डौ भदौ २१।
आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नेपाली महिलाहरुले सप्तर्षीको पूजा गरेर मुलुकभर हर्षाेउल्लासका साथ मनाउँदैछन् ।

तीजको पर्सीपल्ट आज महिलाहरुले अरुन्धत्ती सहित कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।

रजश्वला भएका बेला जानेर वा नजानेर भएका गल्तीको दोष नास भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहिआएको पाइन्छ ।

आज सप्तऋषिको पूजा गर्नाले सौभाग्य प्राप्ति र सन्तान लाभका साथै दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ ।
महिलाहरु आज विहानै नदी, तलाउ वा कुण्डमा नुहाई ३ सय ६५ वटा दतिवन टोखेर बगाउने र गाइको गोबर माटो लगायतले स्नान गर्ने गर्दछन् ।

यस्तै काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्नेको विहानै देखि ठूलो भीड लागेको छ ।

कतिपय महिलाले भने घरमै ब्राह्मण पुरोहित बोलाई सप्तऋषिको पूजा गर्ने गर्दछन् । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन छ ।

मङ्ल, भदौ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार